बलात्कार र यौन शोषणका आरोपी पक्राउ गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन

0

काठमाडौं : बलात्कार र यौन शोषणका आरोपीलाई पक्राउ गर्न माग गर्दै शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन भएको छ ।

आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेपछि दोषिलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरुले यौनहिंसाविरुद्ध कडा कानून बनाउन समेत माग गरेका छन् ।

युवतीले सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर बलात्कार गरेको आरोप लगाएकी छिन् । त्यसपछि त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको पीडित किशोरीको भनाइ छ ।

बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत उनले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेकी हुन् । सन् २०१४ देखि हालसम्म लगातार औषधि उपचार र थेरापी गरे पनि आफूमा मानसिक पीडा भइरहेकाले सार्वजनिक गरेको उनको भनाइ छ ।

पीडितले उल्लेख गरेको प्रतियोगिता आयोजना गर्ने भिसा ग्लोबल कन्सल्टेन्सीका प्रमुख मनोज पाण्डे भिडियो सार्वजनिक भएपछि सम्पर्कविहीन छन् ।

Leave A Reply

Your email address will not be published.