ओलीको गृहनगर दमकमा एमाले पराजित, राप्रपाका थापा विजयी

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर तथा निर्वाचन क्षेत्र दमकमा नेकपा एमाले पराजित भएको छ । एमालेकी उम्मेदवार पूर्व नगर उपप्रमुख गीताकुमार अधिकारीलाई राप्रपाका रामकुमार थापाले ५ सय ५९ मतले हराए ।

पूर्व नगर प्रमुख समेत रहेका थापाले १७ हजार ५ सय २५ मत पाए । निकटतम प्रतिष्पर्धी अधिकारीले १६ हजार ९ सय ६६ मत पाइन् ।

चुनावी चर्चाको केन्द्र रहेको यो नगरमा कांग्रेस–माओवादी र राप्रपाले एमाले विरुद्ध गठबन्धन गरेका थिए । चुनावी परिणामपछि माओवादीका नगर अध्यक्ष तीर्थराज बस्नेतले आफूहरू मिलेर लामो समयदेखिको एमालेको एकाधिकार खोसेको प्रतिक्रिया दिएका छन् ।

उपप्रमुखमा गठबन्धनकै कांग्रेस उम्मेदवार रेगिना प्रसाई विजयी बनेकी छिन् । उनले १७ हजार ७२ मत पाएकी छिन् । निकटतम प्रतिष्पर्धी एमालेका अम्विका प्रसाद खनालले १६ हजार ५ सय ७४ मत पाए । 

Leave A Reply

Your email address will not be published.