विदेशी संचिति रकम घट्दै जाँदा मुलुकको शोधान्तर घाटा आकासियो

0

काठमाडौं : विदेशी संचिति रकम घट्दै जाँदा मुलुकको शोधान्तर घाटा आकासिएको छ। विप्रेषण आप्रवाहमा निरन्तर गिरावट आउँदा पनि अध्ययन र भ्रमणको शीर्षकमा करिब ४४ अर्ब बाहिरिएको छ ।

राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार विदेशमा अध्ययन खर्च अत्याधिक बढ्यो । उसका अनुसार चालू आर्थिक वर्षमा विदेश अध्ययनका लागि करिब ४४ अर्ब रुपैयाँ हो । जुन गएको आर्थिक वर्षको तुलनामा १०६ प्रतिशतले बढी हो । 

प्रतिवेदनमा भनिए अनुसार चालु आर्थिक वर्षको ९ महिनामा विदेशमा अध्ययन शीर्षकमा यति ठूलो रकम बाहिरिएको हो । गएको आर्थिक वर्षमा अध्ययनका नाउँमा बाहिरिने रकम १४ प्रतिशतले घटेको थियो । तर, कोरोना महामारीको लगभग अन्त्यपछि विदेश अध्ययनका नाउँमा ठूलो धनराशी बाहिरिने दर ह्वात्तै बढेको हो ।

आयातको दर बढ्दै गएपछि नीतिगत व्यवस्थामार्फत आयात कम गर्ने प्रयास गरिरहेको छ, अर्काेतिर विदेश अध्ययन र भ्रमण लगायतका शीर्षकमा अप्रतयाशित खर्च बढेको छ। यही दरमा विदेश अध्ययन र भ्रमणमा कमी नआएमा अर्थतन्त्र थप संकटमा पर्ने अर्थविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।

पछिल्ला महिनामा खास गरी चीन, अमेरिका, अस्ट्रेलिया, जापान, भारतलगायत राष्ट्रमा अध्ययनमा जाने विद्यार्थी संख्या उल्लेख्य वृद्धि भएको छ। बढ्दो आयात र घट्दो विप्रेषण आप्रवाहका कारण मुलुकको भुक्तानी सन्तुलन निरन्तर घाटामा छ । विदेशी मुद्रा सञ्चिति घटिरहेको छ, यस्तो अवस्थामा विदेशमा अध्ययन र भ्रमणबापत बाहिरिने मुद्राले मुलुकको अर्थतन्त्र संकटमा छ । अस्वभाविकरुपले हरेक महिना विदेशमा अध्ययन र भ्रमणबापत खर्च बढेकाले भुक्तानी सन्तुलन स्थिति थप दबाबमा छ।

विदेश अध्ययन र भ्रमणको लागि ठूलो रकम बाहिरिन नदिन नीतिगत तहमा छलफल पनि नभएका होइनन् । तर, यस प्रतिको गाम्भीर्यताको अभावमा यो विषय छलफलमै थन्कियो । यति मात्रै होइन, महामारी अघि विप्रेषणमा उल्लेख्य वृद्धि भएको भन्दै विदेश भ्रमण र अध्ययनमा कडाइ गरिएन। तर, कोरोना महामारीले मुलुकको अर्थतन्त्र निकै विषम बनाइदियो, जसका कारण विदेशी संञ्चिति रकममा कमी आएपछि मुलुकको शोधनान्तर घाटा उच्च भएको हो ।

Leave A Reply

Your email address will not be published.