रुस–युक्रेन युद्धका कारण विश्वमा खाद्यान्नको चरम संकट हुने राष्ट्रसंघको चेतावनी

0

संयुक्त राष्ट्रसंघले रुस–युक्रेन युद्धका कारण आगामी महिनाहरुबाट विश्वमा खाद्यान्नको चरम संकट हुनसक्ने भन्दै चेतावनी दिएको छ ।

युद्धका कारण मूल्य बृद्धि र खाद्य संकट अझ बढ्ने संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् ।

यसको असर सबै भन्दा बढी गरिबी राष्ट्रहरुमा देखिएको समेत गुटेरेसले उल्लेख गरेका छन् ।

रुसको आक्रमणका कारण युक्रेनको बंदगरगाह नराम्रोसँग प्रभावित भएकाले खाद्य निर्यातमा असर परेको गुटेरेसले भनेका छन् ।

युक्रेनको खाद्य निर्यात युद्धअघिको स्थितीमा भएन भने विश्वले कयौं वर्षसम्म भुखमरीको सामना गर्नुपर्ने चिन्ता समेत व्यक्त गरेका छन् ।

रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सामग्रीको मूल्य पछिल्लो वर्षको समान अवधिको तुलनामा ३० प्रतिशतले बृद्धि भएको संयक्त राष्ट्र संघले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.