बाराका स्वाइन फ्लु सङ्क्रमितलाई उपचार

0

कलैया, २१ भदौ । जिल्ला स्वास्थ्य कार्यालय बाराको स्वास्थ्यकर्मीको टोलीले आइतबार जिल्लाको नरही गाविसअन्तर्गत इटहर गाउँमा देखापरेको स्वाइन फ्लु सङ्क्रमित १२ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा औषधि वितरण तथा उपचार गरिएको कुरा कार्यालयका प्रमुख हरिचन्द्र साहबाट थाहा भएको छ ।
पन्ध्र दिनअघि सो गाउँका बालबालिका र वृद्धवृद्धालाई ज्वरो आउनु, घाँटी खस्खसाउनु, टाउको दुख्नु आदि भएकोमा ३१ जना रोगीलाई रोग देखापरेको सूचना पाएपछि जनस्वास्थ्य कार्यालयका टोली सो ठाउँमा गई उपचार गरेको हो ।
रोगीको रगत सङ्कलन गरी परीक्षणका लागि सम्बन्धित विभागमा पठाएर परीक्षण गर्दा १२ जनालाई स्वाइन फ्लु सङ्कमण देखा परेको थियो । सो कार्यालयका प्रमुख साहको नेतृत्वमा आइतबार औषधिसहितको स्वास्थ्यकर्मी टोलीले रोगग्रस्त स्थानमा गई सङ्क्रमण भएका बिरामीलाई औषधि वितरण गरिएको हो ।

Leave A Reply

Your email address will not be published.