विधेयकमा भोलिदेखि छलफल

0

काठमाडौं, २१ भदौ । यही भदौ मसान्तभित्रमा संविधान जारी गर्नेगरी संविधानको संसोधन विधेयकमाथि भोलि मंगलबारदेखि दफाबार छलफल हुने भएको छ । भदौ मसान्तमा नै संविधान जारी गर्ने आन्तरिक कार्यतालिका अनुसार छलफल गर्न संविधानसभाको बैठक पर्सिका लागि बोलाइएको छ । संविधानको विधेयकका लागि ५६ वटा संशोधन प्रस्ताव दर्ता भएको संविधानसभा विधेयक शाखाका प्रमुख जीवराज बुढाथोकीले जानकारी दिए ।
अब संविधानको विधेयकमा परेका संशोधन प्रस्तावहरु सभाध्यक्षले दफावार छलफलका लागि संविधानसभामा पेश गर्ने र त्यसमाथि सभासदहरुले राय राख्ने कार्यतालिका बनाइएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिए । सभासदहरुले पाँच मिनेटको समयभित्र आफ्ना विचारहरु राखेपछि सभाध्यक्षले दिएको समयभित्र प्रस्तावकले आफ्नो प्रस्ताव फिर्ता नलिएमा प्रस्ताव निर्णयार्थ पेश गरिनेछ । सभाको दुई तिहाइ ध्वनी मतले स्वीकृत वा अस्वीकृत गर्नेछ ।
हाल कायम रहेको सदस्य संख्याको दुईतिहाई उपस्थित बैठकको दुई तिहाइले मत समर्थन गरेमा स्विकृत हुनेछ । ध्वनीमत विभाजनबाट संविधान पारित गर्दै छिटोमा भदौ ३१ गते र ढिलोमा असोज ५ गते संविधान जारी गर्ने तयारी भएको स्रोतले जनाएको छ । असोज ५ गतेभित्र भन्दा पर नजानेगरि छलफल भइरहेको र आज थप छलफल हुने सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.