संसद्को बजेट अधिवेशन शुरु हुँदै

0

काठमाडौं : संसद्को बजेट अधिवेशन मंगलबारदेखि शुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को ११ औं अधिवेशन मंगलबार ४ बजेलाई बोलाएकी छन् । 

संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । 

बैठकमा सरकारले जारी गरेका दुई अध्यादेश पेस गर्ने, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने, अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट पठाएको पत्र सुनाउनेलगायत विषयलाई कार्यसूचीमा राखिएको छ । 

एमालेले भने यसअघि जस्तै विरोध जारी राख्ने जनाएको छ । एमालले भदौ २३ देखि संसद्मा विरोध जारी राखेको छ । एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन सिफारिस गरेको थियो । 

तर सभामुख अग्निप्रसाद सापकोटाले उक्त सिफारिस कार्यान्वयन नगरेको भन्दै उसले संसद् अवरोध जारी राखिरहेको छ ।

Leave A Reply

Your email address will not be published.