स्थानीय निर्वाचन : मतगणना शुरु, प्रारम्भिक नतिजा आउने क्रम जारी

0

काठमाडौं : स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना शुरु भएको छ । प्रारम्भिक नतिजा अनुसार अधिकांश स्थानमा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । 

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनी १५८ मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको नार्पाभूमिमा ३०४ मत खसेको थियो । 

मनाङको चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् । उनले ३ सय २० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याए । घले यसअघि पनि चामे गाउँपालिकाको अध्यक्ष थिए । 

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् । विष्टले ६ सय ८९ मत पाएर विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन नेकपा एसका देवबहादुर गुरुङले १ सय ८५ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत लिएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २ सय २५ मत पाएकी छिन् ।

Leave A Reply

Your email address will not be published.