७७ मतदान केन्द्रमा मतदान स्थगित

0

काठमाडौं : शुक्रबार भएको स्थानीय तह चुनाव अन्तर्गत ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । 

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएको हो । 

स्थगित भएका केन्द्रमा छिटै फेरि मतदान हुने गरी मिति तोकिने आयोगले जनाएको छ । 

आयोगका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित भएको छैन । 

प्रारम्भिक विवरण अनुसार करिब ६४ प्रतिशत मतदान भएको पनि आयोगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.