स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

0

काठमाडौं : स्याङ्जामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

जिल्लाको वालिङ-१४ सिख्रेमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका छन् । 

सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप वालिङ नगरपालिका–१४ मा दुर्घटना भएको हो ।

जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.