स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् ।

शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मत दिएपछि उनले यस्तो बताएका हुन् ।

उनले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेको बताए । निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भएकाले स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्वपूर्ण रहेको बताए ।

प्रधानमन्त्री देउवाले गठबन्धनले काँग्रेस कमजोर नभएको बताए । काँग्रेस नेतृत्वको सत्ता गठबन्धनले चुनावमा पनि तालमेल गरेको छ । उनले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.