पर्यटनमन्त्री आलेलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

0

काठमाडौं : निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। 

निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको भन्दै मन्त्री आलेलाई आयोगले स्पष्टीकरण सोधेको हो । 

डोटीको जोरायल गाउँपालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रको संयुक्त आयोजनामा वैशाख २६ मा भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउन भ्रमात्मक भाषण दिएको, तडकभडक गर्दै भोजभत्तेर गरेको ब्यहोरासहितको उजुरी परेपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै उनीमाथि मतदातालाई रकम बाँडेको, गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार दुर्गादत्त ओझाको चरित्र हत्या गर्ने खालका सम्पादित भिडियो सार्वजनिक स्थलमा राखेको आरोप छ ।

त्यस्तै निर्वाचन आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई स्पष्टीकरण सोधेको छ । 

उपमहासचिव गुरुङले मौन अवधिमा आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको हो । 

एमाले उम्मेदवारलाई मत दिएर जिताउन आफ्नो एकाउन्टबाट बुधबार बिहान भिडियो पोष्ट गरी आचारसंहिता विपरीत अपिल गरेको विषयमा आयोगले गुरुङलाई स्पष्टीकरण सोधेको हो ।

Leave A Reply

Your email address will not be published.