प्रधानमन्त्री देउवाले डडेल्धुराको असिग्राम ‘ख’ बाट मतदान गर्ने

0

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् । 

उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् । 

निर्वाचन कार्यालयका अनुसार गन्यापधुरामा कुल १० हजार ४१४ जना मतदाता छन् । यो गाउँपालिकामा १४ वटा मतदान केन्द्र छन् । 

प्रधानमन्त्री देउवाको मतदाता नामावली रुवाखोलामा छ । आइतबार साँझबाट देउवा गृह प्रदेशमा छन् । उनी शुक्रबार मतदानपछि मात्र काठमाडौं फर्किने बताइएको छ । 

Leave A Reply

Your email address will not be published.