स्थानीय निर्वाचन : भोट हाल्न काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्दो

0

काठमाडौं : वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि एक दिन मात्रै बाँँकी रहँदा काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्दैछ । 

पछिल्लो २४ घण्टामा नौ हजार नौ सय ५६ सवारी साधन उपत्यकाबाट बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

बुधबार दिउँसोसम्म प्राप्त तथ्यांक अनुसार काठमाडौंबाट ५९ हजार ६१ जनाभन्दा बढी काठमाडौं बाहिरिएका छन् । 

यसैगरी, पछिल्लो २४ घण्टामा आठ हजार आठ सय ३२ सवारीसाधन उपत्यका भित्रिएका छन् । जसमा ४२ हजार आठ सय ३२ यात्रु विभिन्न जिल्लाबाट काठमाडौं भित्रिएका छन् ।

Leave A Reply

Your email address will not be published.