विवाह मन्डपमा बिजुली जादा दुलही साटिए ,

0

विवाहको जग्गेमा बिजुली जादा दुलही साटिएको रमाइलो घटनाले लोड्सेडिङको मारमा परेकाहरुको बारेमा बहस र अध्यारोमा हुने गडबडी बारे साबधान बनाएको छ ।

तीन छोरीको विवाह एकै पटक गरिरहेका भारतको मध्यप्रदेशका रमेशलाल रेलोतको घरमा बैबाहिक रिवाज चलीरहेको बेला अचानक बिजुली गयो । स्ठानीय परम्परा अनुसार मात्ऋ पूजन गरीरहेका दुलाहले एउटै रङको कपडा र घुङ्गट लगाएका दुलहीलाई चिन्न सकेनन । एकले अर्काको दुलहीलाई लिएर पूजा सम्पन्न गरे ।

रात भरि अर्काको जोडी सँग पूजाको रिती रिवाज सके पछि बिहान पाच बजे पुन बिजुली आयो र संगै रहेकी दुलही आफ्नो नभएको थाहा भयो । बिजुली आएपाछि वास्तविकता थाहा हुँदा केहीबेर बिबाद भएर विवाहनै भाडिने अवस्था श्रीजना भएको थियो । तर माइती पक्षले माफि मागे पछि फरक फरक ठाउँबाट आएका जन्तीले पहिले तय भएका दुलही स्विकार गरेका थिए ।

अगाडि सम्पन्न भएका पूजा फेरी गरियो । बिहान बिजुलिको उज्यालोमा लगन गाठो भने आआफ्न सक्कली दुलाह दुलहीको कसियो । अनि रमेश रेलोतले आफ्ना तीन जना छोरीहरुलाई आआफ्ना घर पठाएँ ।

Leave A Reply

Your email address will not be published.