मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै

0

काठमाडौं : अरबी पात्रो हिजरी संवतअनुसार दशौँ महिनाको पहिलो दिन मंगलबार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् ।

दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ ।

आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । मुस्लिम समुदायको एक महिना लामो रोजा पूरा भएपछि यो पर्व मनाइन्छ ।

एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महिनामा भोजन गर्छन् ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदउल फित्र मनाउने कार्यक्रम तय  हुन्छ ।

पर्वका अवसरमा मंगलबार नेपाल सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

Leave A Reply

Your email address will not be published.