निर्वाचन आयोगले सोध्यो केशव स्थापितलाई स्पष्टीकरण

0

काठमाडौं : निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगले जानकारी दिएको छ । 

जातीय द्वेष फैलाउने र महिला हिंसाबारे दिएको अभिव्यक्तिलाई आधार मानेर आयोगले स्पष्टीकरण सोधेको हो । 

यस्तै एमाले उमेदवार स्थापितको उमेदवारी खारेजीको माग गर्दै विज्ञप्ति जारी गर्ने ४५ वटा गैरसरकारी संस्थालाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । 

आरोप लागेको व्यक्तिलाई सम्बन्धित दलले उमेदवार बनाउन हुन्थ्यो कि हुँदैनथ्यो त्यो सम्बन्धित पार्टीको कुरा हो, तर विज्ञप्तिमा उमेदवारी खारेजीको माग गरिएकाले सत्य तथ्यबारे आयोगलाई २४ घन्टा भित्र जानकारी गराउन भनिएको आयोगले बताएको छ ।

स्थापित काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदको उम्मेदवार छन् । आचारसंहिता लागू भएपछि हालसम्म १६ जनालाई स्पष्टीकरण सोधिसकेको छ । जसमा मन्त्री, कर्मचारी, राजनीतिक दलदेखि अन्य नेताहरु पनि छन् । 

आचारसंहिता उल्लंघन गर्नेलाई १ लाख सम्म जरिवाना र उम्मेदवारले गरेको क्रियाकलापलाई लिएर उम्मेदवार खारेज सम्म हुन सक्छ ।

Leave A Reply

Your email address will not be published.