स्थानीय चुनावका लागि ६१ जिल्लामा पुर्‍याइयो मत्रपत्र

0

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ६१ जिल्लामा मतपत्र ढुवानी गरिसकेको छ । बाँकी १६ जिल्लामा केही दिनभित्र मतपत्र ढुवानी गरिसकिने आयोगले जनाएको छ ।

अब मधेश प्रदेश र बागमती प्रदेशका जिल्लाहरूमा मतपत्र ढुवानी गर्न बाँकी छ । सडक सुविधा नभएका क्षेत्रमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ ।

अहिलेसम्म ६१ जिल्लाका लागि एक करोड २३ लाख मतपत्र ढुवानी गरिसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

अनुमानभन्दा धेरै उम्मेदवारी परेका ठाउँमा भने पुनः मतपत्र छाप्ने आयोगको तयारी छ ।

यसैबीच आयोगले काठमाडौं महानगरका लागि तीन लाख मतपत्र छपाइ सकेको छ ।

काठमाडौं महानगरमा ५६ दलले निर्वाचनमा भाग लिने भएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार पनि छन् ।

आयोगका अनुसार सोमबारदेखि ललितपुर, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरको मतपत्र पनि छपाइ शुरु भएको छ ।

Leave A Reply

Your email address will not be published.