युक्रेनको मारियोपोलमा फसेका एक सय जनाको महिनौंपछि उद्धार

0

एजेन्सी : युक्रेनको युद्धग्रस्त शहर मारियोपोलमा भवनमुनिको बंकरमा फसेका नागरिकको उद्धार भएको छ । रुसी र युक्रेनी सैनिकबीच युद्ध भैरहेको क्षेत्रमा फसेका सर्वसाधारणलाई अन्तर्राष्ट्रिय संघसंस्थाको पहलमा उद्धार गरिएको हो ।

युक्रेनी सेनाको पकड रहेको क्षेत्रमा रहेका सर्वसाधारणको पनि उद्धार गरिएको छ । मरियोपोलमा रहेको स्टिल उद्योगमा थुनिएका झन्डै ५० जनालाई पनि बाहिर निकालिएको छ ।

उद्धार गरिएकाहरूलाई रुसी सीमा क्षेत्रमा पर्ने बेजिमेन्नी लगिएको जनाइएको छ । रुसले सयौँको संख्यामा नागरिकहरु आफ्नो नियन्त्रणमा रहेको गाउँमा आइपुगेको जनाएको छ ।

राष्टसंघको पहलमा युद्धग्रस्त क्षेत्रमा फसेका नागरिकलाई निकाल्ने काम शनिबारदेखि शुरु भएको हो । राष्ट्रसंघले अझैं सयौँको संख्यामा अझै नागरिकहरु बंकरमा फसेको जनाएको छ ।

पछिल्ला साताहरूमा रुसी सेनाले युक्रेनको पूर्वी क्षेत्रमा सैनिक कारबाही तीव्र पार्दै लगेको छ । मरियोपोलमा अझै कम्तीमा एक लाख सर्वसाधारण पिउने पानी, इन्धन, विद्युत् तथा सञ्चार सम्पर्कको अभावमा बाँचिरहेका छन् ।

मरियोपोलका मेयर भदिम बोइचेन्कोले रुसी आक्रमणमा परी कम्तीमा २० हजार गैरसैनिकको मृत्यु भएको जनाएका छन् । रुसले पछिल्लो समय दक्षिण पश्चिमी बन्दरगाह सहर ओडेसामा आक्रमण तीव्र पारेको छ । रुसले फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण शुरु गरेको हो ।

Leave A Reply

Your email address will not be published.