नेपाल प्रहरी र सशस्त्रका आईजीपीले लगाए दर्ज्यानी चिह्न

0

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले सोमबार दर्ज्यानी चिह्न लगाएका छन् । 

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले दर्ज्यानी चिह्न लगाइदिएका हुन् । 

अर्याल र सिंहलाई आइतबारको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । 

तर वरियताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट छन् । 

प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए । 

२०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए । उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए । त्यस्तै गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए ।

Leave A Reply

Your email address will not be published.