निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने दल तथा नेताहरुलाई गरायो सचेत

0

काठमाडौं : निर्वाचन आयोगले पालिका चुनावका लागि लागू गरेको आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दललाई सचेत गराएको छ । साथै आचारसंहिता उल्लंघन नगर्न निर्देशन समेत दिएको छ । 

आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल तथा नेतालाई निर्वाचन आयोगले सचेत गराएको हो । 

नेकपा एकीकृत समाजवादी दलले गएको चैत छब्बिस गते काठमाण्डौको भृकुटीमण्डपमा गरेको सभामा आचारसंहिता प्रतिकूल दलको झन्डा र बालबालिकाको प्रयोग गरेको भन्दै सचेत गराएको छ । 

माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई प्रयोग गरेकोमा पनि आयोगले सचेत गराएको छ । राप्रपाले चैत २७ गते हेटौँडामा गरेको कार्यक्रममा आचारसंहिता प्रतिकूल गतिविधि गरेको आयोगको ठहर छ । 

कांग्रेसका नेता शशांक कोइरालालाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सजग गराएको छ ।चुनाव खर्चमा २१ लाख ७५ हजार रुपैयाँ बुझाएपनि उनले छ करोड खर्च भएको बताएका थिए । 

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ ।

Leave A Reply

Your email address will not be published.