स्थानीय निर्वाचनका उम्मेदवारहरुले पाए चुनाव चिह्न

0

काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दल र स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ । निर्वाचन चिह्न पाएका उम्मेदवारहरुका लागि आयोगले वैशाख २७ गतेसम्म प्रचारप्रसारको समय दिएको छ ।

शुक्रवार साँझ प्रकाशित अन्तिम नामावलीअनुसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलका उम्मेदवारलाई मतपत्रको क्रमसङ्ख्या १ देखि ६ सम्म कायम निर्वाचन चिह्न प्रदान गरिएको छ ।

यस्तै राष्ट्रिय मान्यता प्राप्त नगरेका तर आयोगमा दर्ता भएका दलका उम्मेदवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदवारलाई मतपत्रमा रहेको चिह्नबाट छान्न लगाइएको छ भने स्वतन्त्र उम्मेदवारका लागि भ्यागुतो, गुलाबको फूल, भूइँकटहरदेखि खसीको टाउको लौरी जस्ता निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

काठमाडौं महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले लौरो चुनाव चिह्न पाएका छन् । 

त्यस्तै भरतपुर महानगरपालिकाका चर्चित उम्मेदवार जगन्नाथ पौडेलले भूइँकटहर चुनाव चिह्न पाएका छन् । 

विराटनगर महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले लालटिन चुनाव चिह्न पाएका छन् । 

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले आँप चुनाव चिह्न पाएका छन् । 

Leave A Reply

Your email address will not be published.