बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने सत्ता गठबन्धनको चेतावनी

0

काठमाडौं : सत्ता गठबन्धन बैठकले विभिन्न स्थानीय तहमा आधिकारिक उम्मेदवारविरूद्ध उठेका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

बिहीबार बेलुका बालुवाटारमा बसेको सत्तागठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले शुक्रबार अपराह्नसम्म बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो ।

आयोगले दिएको समयभित्रै उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारलाई कारबाही गर्ने तयारी सत्ता गठबन्धनको छ ।

आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिनेलाई सम्बन्धित पार्टीले कारबाहीको निर्णय पनि बैठकले गरेको छ ।

चितवनको भरतपुरलगायत विभिन्न जिल्लामा गठबन्धनका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी परेका छन् ।

गठबन्धनका शीर्ष नेताहरूले पनि बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेपनि उम्मेदवारले त्यसलाई अस्वकार गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.