स्थानीय निर्वाचन : उम्मेदवारी फिर्ता लिन साँझ ५ बजेसम्म समय, आजै अन्तिम नामावली प्रकाशन हुने

0

काठमाडौं : निर्वाचन आयोगले शुक्रबार साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने जनाएको छ । शुक्रबार नै साँझ ६ बजे आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी बिहीबार साँझ उमेदवारको नामावली प्रकाशन गरेको थियो । 

शुक्रबार उमेदवारी फिर्ता लिन चाहने उमेदवारले आफ्नो नाम फिर्ता लिइसकेपछि साँझ ६ बजे अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ । 

स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १ सय ४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ । प्रमुखमा ३ हजार ५ सय १८, उपप्रमुखमा दुई हजार १ सय ७४ जनाको मनोनय दर्ता भएको छ । 

अध्यक्षमा तीन हजार ३ सय ९२, उपाध्यक्षमा दुई हजार ४०७, वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५ सय ५६, दलित महिला सदस्य २३ हजार ९ सय ५१ र सदस्यमा ५५ हजार ७ सय ६७ जनाको मनोनयन दर्ता भएको छ । 

आयोगले १७ गते चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.