गृहमन्त्री खाँण बागी उम्मेदवार मनाउन सक्रिय रहेको विषयमा आयोगको नजर

0

काठमाडौं : निर्वाचन आयोगले गृहमन्त्री बालकृष्ण खाँण पार्टीको आन्तरिक विवाद मिलाउन सक्रिय रहेको विषय जानकारमा रहेको जनाएको छ । 

आयोगको नियमित पत्रकार सम्मेलनमा बागी उम्मेदवार मनाउन गृहमन्त्री खाण चितवन पुगेको बारे सोधिएको प्रश्नमा प्रतिक्रिया दिँदै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसबारे आयोगले छिट्टै निर्णय लिने बताए ।

त्यस्तै चुनावी प्रचारका दौरान विभिन्न व्यक्तिहरुले अभिव्यक्ति दिदा अरुप्रति गरिने अस्वभाविक सम्बोधन तर्फ पनि आयोग सचेत रहेको अर्यालले बताए । मिथ्या सूचना फैलन नदिन आयोगले निर्देशिका नै बनाएर काम गरिरहेको अर्यालको भनाइ छ ।

आयोगले ७२ जिल्लाको मतपत्र छापिसकेको जनाएको छ । आयोगले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ कार्य सकिएको हो । 

हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ । आयोगका अनुसार बिहीबारसम्मको तथ्यांक अनुसार देशभरि १ लाख ५३ हजार २ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Leave A Reply

Your email address will not be published.