सिर्जना सिंहद्वारा सात ‘स’को संकल्प सार्वजनिक

0

काठमाडौं : काठमाडौं महानगरपालिकाकी मेयरकी प्रत्याशी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले सात  ’स’ को संकल्प सार्वजनिक गरेकी छिन् । 

बिहीबार प्रतिबद्धता पत्र सार्वजनिक गर्ने क्रममा महानगरको सेवा र सुशासनदेखि संस्कृति, सम्पदा र सभ्यतालाई उनले आफ्ना संकल्पका रूपमा प्रस्तुत गरेकी छिन् । 

महानगरलाई विधिको शासन, नियम कानुनभित्र रही चलाउने सिंहले संकल्प गरेकी छिन् । 

त्यस्तै भ्रष्टाचारमुक्त चुस्त सेवा प्रवाह गर्ने पालिकाका रूपमा काठमाडौंलाई स्थापित गर्ने उनको वाचा छ । त्यस्तै उनले काठमाडौंलाई महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई पूर्ण रूपमा सुरक्षित बनाउने पनि उनको संकल्प छ ।

त्यस्तै सवल र समून्नत पूर्वाधारअन्तर्गत उनले सहज रूपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्रीमैत्री सहरका रूपमा महानगरलाई विकास गर्ने उनको प्रतिबद्धता छ ।

त्यस्तै काठमाडौंको फोहोर व्यवस्थापनलाई विशेष प्राथमिकता दिइने सिंहले बताइन् । काठमाडौंको फोहोर घरबाटै व्यवस्थापन गर्ने गरी जिरो वेस्टको नीति ल्याउने उनको भनाइ छ । 

त्यस्तै सहरका विपन्न वर्गमा महिलालाई विशेष राहत प्याकेज ल्याउने उनले वाचा गरेकी छिन् । त्यस्तै काठमाडौं महानगरलाई झिलिमिली पार्ने र सार्वजनिक ठाउँमा सीसीटीभी जडान गरिने उनले बताइन् । 

काठमाडौँमा एक कार्यक्रम गरी सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ सफा दीगो पर्यावरण, सुरक्षित शहर, संस्कृति, सम्पदा र सभ्यता, सवल र समुन्नत पूर्वाधार, सवल युवा, स्वाबलम्बी महिला, सृजनशील महानगरवासी भन्ने संकल्प सार्वजनिक गरेकी हुन् ।  

Leave A Reply

Your email address will not be published.