एलन मस्कद्वारा ट्वीटर खरिद गर्ने सम्झौता

0

एजेन्सी : अर्बपति एलन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर खरिद गर्ने सम्झौता गरेका छन् ।

मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटर ४४ अर्ब अमेरिकी डलरमा खरिद गर्ने सम्झौता गरेका हुन् ।

मस्कले खरिद गरेसँगै ट्विटर निजी स्वामित्वमा रहेको कम्पनी हुने भएको छ । मस्कले ट्विटरलाई नयाँ सुविधाहरूको साथ सेवालाई पहिले भन्दा राम्रो बनाउने बताएका छन् ।

मस्कले फेक न्युज र फेक अकाउन्टलाई पनि नियन्त्रणमा ल्याउने बताएका छन् । बिक्रीपछि सबै सेयर होल्डर्सलाई नगदमा आकर्षक प्रिमियम दिने मस्कले बताएका छन् ।

उनले केही दिन अगाडि ट्वीटरको नौ प्रतिशत सेयर किनेका थिए । अहिले उनले ट्वीटरको सबै सेयर किनेका हुन् ।

मस्कले ट्विटरको सबै शेयर प्रति कित्ता ५४ दशमलव २० डलरका दरले किनेका हुन् ।

मस्क विश्वकास सबैभन्दा धनी हुन् । उनीसँग अहिले २ सय ७३ बिलियन डलर सम्पनी छ । उनको टेस्ला कम्पनी विश्वकै सबैभन्दा धनी कम्पनीमा पर्दछ ।

Leave A Reply

Your email address will not be published.