उम्मेदवारविरुद्ध आयोगले आज उजुरी लिँदै, अयोग्य रहेको कारणसहित उजुरी दर्ता गर्न सकिने

0

काठमाडौं : स्थानीय चुनावका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध मंगलबार उजुरी दिन सकिनेछ ।

मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको हो ।

मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै उजुरी दर्ता गराउन सकिनेछ ।

यस्तै मंगलबार र बुधबार मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने निर्वाचन आयोगले जनाएको छ ।

बिहीबार १५ गते बेलुकी पाँच बजेसम्ममा मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

१६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.