माओवादीले केन्द्रबाट स्थानीय चुनावका लागि घोषणापत्र नबनाउने

0

काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनका लागि केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र नबनाउने भएको छ ।

माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो । त्यही अपिल अनुसार स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउन माओवादीले स्थानीय तहलाई निर्देशन दिएको छ ।

माओवादी केन्द्रले स्थानीयस्तरबाटै घोषणा पत्र बनाउन स्थानीय कमिटीलाई अधिकार दिइसकेको छ ।

माओवादीले जारी गरेको अपिलमा टोल–टोलमा सहकारी र घर–घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम–एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रम लागू गर्नेजस्ता नीतिगत विषय समेटिएका छन् ।

Leave A Reply

Your email address will not be published.