कांग्रेसबाट काठमाडौंको मेयरमा सिंह, ललितपुरको मेयरमा महर्जन र विराटनगरको मेयरमा कोइराला उम्मेद्वार

0

काठमाडौं : नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ । उनलाई पार्टीले महानगरको प्रमुखका लागि टिकट दिएको हो ।

आइतबार बसेको संसदीय समितिको बैठकले उम्मेदवार छान्ने जिम्मा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको थियो ।

सभापति देउवाले नेताहरूसँगको परामर्शमा सोमबार विहान तीन वटा महानगरका उम्मेदवारको टुंगो लगाएका छन् ।

काठमाडौं महानगरमा सिंहलाई उम्मेद्वार बनाएको कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई उम्मेद्वार बनाएको छ ।

उनी ०७४ को स्थानीय चुनावबाट पनि मेयर निर्वाचित भएका थिए । ललितपुरको मेयरका लागि कांग्रेसबाट सात जनाको नाम सिफारिस भएको थियो ।

त्यस्तै कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेद्वार बनाएको छ ।

नेताहरूबीच विराटनगरको मेयर उम्मेदवार कसलाई बनाउने भन्नेमा विवाद थियो । अन्ततः सभापति देउवाले कोइरालालाई मेयर पदको टिकट दिएका हुन् । कोइरालालाई मेयर पदको उम्मेदवार बनाउन नेता शेखर कोइरालाको जोड थियो ।

Leave A Reply

Your email address will not be published.