काठमाडौंको मेयरमा बालेन शाहले गराए उम्मेद्वारी दर्ता

0

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदका लागि इन्जिनियर तथा र्‍यापर बालेन शाहले उम्मेद्वारी दर्ता गरेका छन् । उनले आइतबार मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर मेयरमा स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका हुन् । 

युवाहरूमाझ चर्चित रहेका र्‍यापर शाहले धेरै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आएका थिए । पेसाले इन्जिनियर उनले उम्मेद्वारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले जित्ने दाबी गरे । 

उम्मेद्वारी दर्ता गरेपछि शाहले भने, ‘म भोट काट्न उठेको हो । नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न आएको हुँ । उनीहरुको भोट काटेर म जित्न आएको हुँ ।’ 

यही ३० वैशाखमा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय छ । 

Leave A Reply

Your email address will not be published.