कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक, के-के विषय समेटिए ? (पूर्णपाठ)

0

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘नेपाली कांग्रेसको संकल्प’ नाम दिइएको सो घोषणापत्र सार्वजनिक गरिएको हो ।

८८ पृष्ठ लामो संकल्पमा ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर, गाउँदेखि केन्द्रसम्म नेपाली काँग्रेसको सरकार’ भन्ने नारा दिइएको छ ।

संकल्पपत्रमा कांग्रेसले नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने उल्लेख गरेको छ ।

चुनावी संकल्पमा कांग्रेसले असल शासन र जवाफदेहीतामा जोड दिएको छ । 

कांग्रेसले पाँच हजार सुत्केरी भत्ता वितरण गर्ने वाचा गरेको छ भने मृत्यु संस्कार खर्च पनि व्यहोर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.