मनोनयन दर्ता आइतबार र सोमबार, उम्मेद्वारी टुंग्याउने अन्तिम तयारीमा दलहरु

0

काठमाडौं : राजनीतिक दलहरूलेस्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनोटलाई तीव्रता दिएका छन्  ।

महानगर र उपमहानगरका प्रमुख–उपप्रमुख उम्मेद्वार भने केन्द्रबाटै टुंग्याउने पार्टी विधानअनुसार मुख्य दलहरू छलफलमा जुटेका हुन् ।

आइतबार र सोमबार मनोनयन रहेकाले शनिबार बैठक राखेर उम्मेद्वार टुंगो लगाउने तयारी छ ।

कांग्रेसले शनिबार केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट उम्मेद्वार टुंग्याउने तयारी गरेको छ । नेकपा एमालेले पनि शनिबार नै सचिवालय बैठकबाट उम्मेद्वार टुंग्याउने बताएको छ ।

माओवादीले पूर्व पदाधिकारीको बैठकबाट महानगर र उपमहानगरको उम्मेद्वार तय गर्ने भएको छ । सत्ता गठबन्धनमा रहेका पाँच दलले तालमेल सहमति अनुसार उम्मेद्वारी दिने तयारी गरेका छन् ।

प्रमुख प्रतिपक्ष एमाले पनि स्थानीय तहमा हुने तालमेल हेरेर जित्नसक्ने उम्मेद्वार चयन गर्ने तयारी गरेको छ ।

नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राप्रपा लगायत दलले उम्मेद्वारको सूचि तय गरिसकेका छन् ।

केही महानगर र उपमहानगरमा भने सर्वसम्मत उम्मेद्वार चयन भैसकेका छन् । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता हुँदैछ ।

Leave A Reply

Your email address will not be published.