एनआरएनए जर्मनीको निर्वाचन र अधिबेशन खारेज – म्युनिख अदालत , नयाँ निर्वाचन गर्नु पर्ने, निनम्मा राई पक्ष उत्साहित,

0

गैर आबासीय नेपाली संघ जर्मनीको गत बर्ष भएको निर्बाचनलाई त्यँहाको एक अदालतले खारेज गरिदिएकोछ । एनसिसी जर्मनीका पंजिक्रित सदस्य राज कुमार खड्काले संघको सदस्यता बितरण लगायत निर्वाचन प्रकृया अपारदर्शी भएकोले त्यसबाट आफ्नो उम्मेद्वार हुन पाउने अधिकार हनन भएको भन्दै जिल्ला अदातल म्युनिखमा रिट हालेका थिए । उनी उपाध्यक्ष पदका आकांक्षि थिए ।


तत्कालिन अवस्थामा निर्वाचन समिति, एनसिसी जर्मनी र केन्द्रीय अध्यक्ष कुमार पन्त लगायतलाई लिखित, मौखिक उजुरी गर्दा पनि कुनै सुनुवाई नभएकोले आफ्नो अधिकार र संगठनको पारदर्शिताका लागि अदालतको ढोका ढक्ढक्याउनु परेको खड्काले बताएका थिए ।

आफ्नो उम्मेद्बारी खारेज गर्नु पर्ने कारण सहित हरी न्यौपानेको कार्यकालमा करिब १००० सदस्यको सदस्यता शुल्क हिनामिना गरिएको, बिधान र जर्मनीको कानुन बिपरित निर्वाचन शुल्क संकलन गरिएकोले त्यसको बारेमा अधिबेशनमा छलफल हुनु पर्ने, निर्वाचन समितिले निष्पक्ष चुनाव नगराएको, फर्जी सदस्य बनाएको , भारतीय नागरिकलाई मतदाता बनाएर धादलि गरिएको, मतपरिणाममा हेरफेर गरिएको लगायतका अनियमितता भएको अदालतलाई जानकारी गराएका थिए ।

खड्काको रिटमा फैसला गर्दै अदालतले मुख्यत तीनवटा बिषय हरेन्द्र वनेम को सम्योजक्तामा गठित निर्वाचन कमिटी अबैधानिक तरिकाले गठन भएको र उक्त समिती गराएको निर्वाचन अधिकारइक हुन नसक्ने, २५ जुलाई २०२१ मा भएको अधिबेशन प्रकृया बिपरी भएको र ३१।०७।२०२१ का दिन अनलाईन मार्फत गरिएको निर्वाचन र मतदान फर्जी भएको र त्यसबाट संस्थाका सदस्यहरुको अधिकार हनन भएको ठहर गरेकोछ ।

अदालतको आदेशको अंश, ११ पेज लामो आदेशमा थुप्रै बिषय उठाउदै संस्थालाई सचेत बनाएकोछ ।


अदालतको फैसला पछि चारदिशा सँग कुरा गर्दै खड्काले आफुले युरोपमा दर्ता भएर युरोपमा गतिबिधी गर्ने संगठन युरोपको कानुन र नेपाली समुदायको भाबना अनुरुप चल्नु पर्छ भन्ने मान्यताले न्याय माग्न गएको र आफ्नो माग जायज ठहर भएकोमा खुशी लागेको बताएकाछन । साथै अब अदालतको आदेश कार्यन्वयन नभए अझ समस्या थपिने हुँदा सबै जिम्मेवार भएर समुदायको एकताको लागि काम गर्न पनि आग्रह गरेकाछन ।


एनआरएनए जर्मनीका पूर्व अध्यक्ष बिजय मोक्तानले अदालतको आदेशले तत्कालिन आईसिसी अध्यक्ष कुमार पन्त र एनसिसी अध्यक्ष न्यौपानेको कार्यकाल पनि अबैधानिक ठहर्ने हुँदा उनीहरुको नाम संस्थाको रेकर्डबाटहट्नु पर्ने बताएकाछन ।

निर्वाचनमा फर्जी मतदाता तयार गरेर, प्राबिधिकओ दुरुपयोग गरेर आफुलाई हाराइएको आरोप लगाउदै आएकी अध्यक्ष पदकी प्रत्यासी निनम्मा राईले सत्यको बिजय भएको र आफुहरु अत्साहित भएको बताएकिछिन ।

एनआरएनए जर्मनीको निर्वाचन बिबाद बारे चारदिशाको पुरानो समाचार …..

एनआरएनए जर्मनीको निर्वाचनमा भएको धादलिबारे दुई हप्ता भित्र लिखित जबाफ पेश गर्न जर्मन अदालतको आदेश – चारदिशा (chardisha.com)

Leave A Reply

Your email address will not be published.