जुम्लामा आगलागी हुँदा ४ बालबालिकाको मृत्यु

0

जुम्ला : जुम्लाको तिला गाउँपालिकाका तीन जुम्ला कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । 

आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु एघार वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी चौध वर्षीया तिर्सना सार्की रहेका छन् । 

आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको प्रहरीले जनाएको छ । 

आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । आगलागीको कारण खुलेको छैन ।

Leave A Reply

Your email address will not be published.