एमालेको चुनावी घोषणापत्र : प्राथमिकतामा शिक्षा र स्वास्थ्य (पूर्णपाठ)

0

काठमाडौं : नेकपा एमालेले चुनावी घोषणापत्रमा शिक्षा सुधारलाई पहिलो प्राथमिकतामा राखेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै सामुदायिक विद्यालयलाई गुणस्तरीय, सिपमूलक र जीवनउपयोगी बनाउने उल्लेख गरिएको छ ।

यस्तै एमाले स्वास्थ, खानेपानी र सरसफाइ, उर्जाको विषयलाई आफ्नो घोषणापत्रमा प्राथमिकता साथ स्थान दिएको छ । यस्तै, विपन्न परिवारलाई घरायसी प्रयोगका लागि बिजुली निःशुल्क उपलब्ध गराउने समेत एमालेले घोषणापत्रमा उल्लेख गरेको छ । 

त्यसैगरी यातायात पूर्वाधार, एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास, विकसित पालिका, सुरक्षित आवास, औद्योगिककरण र आर्थिक वृद्धि, स्वदेशमै रोजगारी सम्मान कार्यक्रम लगायत विषय लाई पनि एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।

Leave A Reply

Your email address will not be published.