डब्लुएचओका महानिर्देशक टेड्रोसद्वारा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग भेटवार्ता

0

काठमाडौं : नेपाल भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । 

राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा महानिर्देशक टेड्रोसले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नेपालले सञ्चालन गरेको खोप अभियानको प्रशंसा गरेका छन् ।  

यसैगरी महामारीका बेला विश्व स्वास्थ्य संगठनले नेपाललाइ पुर्‍याएको सहयोगका विषयमा पनि छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरी शुक्रबार नै महानिर्देशक टेड्रोसले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री देउवा र डब्लुएचओ प्रमुख टेड्रोसबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । 

भेटमा नेपालले कोरोना महामारीका समयमा अवलम्वन गरेको स्वास्थ्य नीति र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । 

तीन दिने भ्रमणका लागि महानिर्देशक टेड्रोस बिहीबार नेपाल आएका हुन् ।

Leave A Reply

Your email address will not be published.