बजेट निर्माणका लागि अर्थ मन्त्रालयले शुरु गर्‍यो मन्त्रालयगत छलफल

0

काठमाडौं : आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने क्रममा अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल शुरु गरेको छ ।

अर्थ मन्त्रालयले बिहीबारदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयका अधिकारीसँग नियमित बैठक शुरु गरेको हो ।

वैशाख १३ गतेसम्मका लागि बनाइएको सो कार्यतालिकाअनुसार दैनिक तीनवटा बैठक हुनेछन् ।

चैत एक गतेदेखि औपचारिक रूपमा अर्थ मन्त्रालयले बजेट निर्माण प्रक्रियाका लागि सुझाव संकलन सुरु गरेको थियो ।

त्यसयता कृषि, भौतिक पूर्वाधार, खेलकुद, महिला, दलित, वित्तीय सङ्घीयता, बैंक, वित्तीय संस्था र बीमालगायतका क्षेत्रमा अर्थविद्, निजी क्षेत्र तथा सरोकार समूहसँग छलफल गरी सुझाव संकलन भैसकेको छ ।

त्यस्तै भौतिक रूपमा उपस्थित भई सुझाव दिन नसक्ने सर्वसाधारणका लागि अर्थ मन्त्रालयले टोल फ्री नम्बरबाट सुझाव सङ्कलनको व्यवस्था मिलाएको छ ।

Leave A Reply

Your email address will not be published.