सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

0

काठमाडौं : सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । 

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले वैशाख १८ देखि २२ सम्म चुनावी सभा गर्ने निर्णय गरेको हो। 

सभाहरुलाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेतगरी ६ जना शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

गठबन्धनको चुनावी सभा वैशाख १८ गते धनगढीबाटशुरु भएर २२ गते काठमाडौंमा समापन हुनेछ । गठबन्धनका तर्फबाट सार्वजनिक तालिका अनुसार धनगढीमा बिहान ११ बजे सभा हुनेछ । सोही दिन दिउँसो २ बजे सुर्खेतमा सभा हुनेछ ।

१९ गते बिहान ११ बजे बुटवलमा सभा गरेपछि त्यही दिन दिउँसो २ बजे पोखरामा सभा हुनेछ । २० गते बिहान ११ बजे विराटनगरमा र सोही दिउँसो २ बजे जनकपुरमा सभा राखिएको छ । 

यस्तै गठबन्धनले वैशाख २२ गते दिउँसो १ बजे काठमाडौंमा चुनावी सभा गर्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.