एमालेले शनिबार मात्रै महानगर र उपमहानगरका उम्मेद्वार टुंग्याउने

0

काठमाडौं : नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय शनिबार गर्ने भएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामबारे छलफल भएको र आगामी बैठकले टुंगो लगाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

उनले भरतपुर महानगरबाट विजय सुवेदी, वीरगञ्जबाट विजय सरावगी र ललितपुरबाट हरिकृष्ण व्यञ्जनकारको नाममात्र सिफारिस भएको बताए । 

पोखराबाट १२ जनाको नाम आएको भन्दै उनले गण्डकी र लुम्बिनीमा प्रदेश सांसदलाई मेयर उपमेयरमा टिकट नदिइने पनि स्पष्ट पारे ।

गुरुङले शुक्रबार एमालेको कार्यालय तुलसीलाल स्मृति भवनमा उद्घाटन गरिने र घोषणा पत्र पनि सार्वजनिक गर्ने जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.