गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्गबाट उडान-अवतरण शुरु

0

रुपन्देही : रुपन्देहीको भैरहवामा बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिहीबारदेखि विधिवत रूपमा सञ्चालनमा आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग सञ्चालनमा आएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

विमानस्थल बिहीबारबाट सञ्चालनमा आएपनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ दुई गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ ।

बिहीबारबाटै नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भएका छन् । विमानस्थलको पुरानो १ हजार पाँच सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याइएको हो ।

धावनमार्ग सञ्चालनमा आएसँगै विदेशी विमान सेवा कम्पनीको जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.