काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।
बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
राप्रपाले १२ कक्षासम्म निःशुल्क शिक्षा, सार्वजनिक स्थलमा फ्री वाइफाइ, ज्येष्ठ नागरिकलाई निःशुल्क धार्मिक यात्रा, स्थानीय करको दरमा ५० प्रतिशतसम्म कटौती लगायतका विषय घोषणापत्रमा राखेको छ ।
यस्तै सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने पनि राप्रपाको भनाइ छ ।