सत्ता गठबन्धनमा सहमति : कुन महानगर र उपमहानगर कसले पाए ? (सूचीसहित)

0

काठमाडौं : सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा समहति जुटाएको हो ।

सत्ता गठबन्धनले गरेको सहमति अनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद लिने भएको छ । 

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर पाउनेछ । यस्तै, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको मयेर र काठमाडौं महानगरमा उपमेयर पाउने भएको छ ।

No description available.
No description available.
Leave A Reply

Your email address will not be published.