पाकिस्तानमा श्रीलंकाली नागरिकको हत्या आरोपमा ६ जनालाई मृत्युदण्ड सजाय

0

एजेन्सी : पाकिस्तानले श्रीलंकाली नागरिकको हत्या गरेको आरोपमा छ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

पाकिस्तानको आतंकवाद विरोधी अदालतले श्रीलंकाली नागरिक प्रियंथा कुमारालाई हत्या गरेको आरोपमा मृत्युदण्ड दिएको हो ।

योसँगै नौ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । थप ७२ दोषीलाई दुई वर्षको जेल सजाय सुनाइएको छ ।

श्रीलंकाली नागरिक प्रियंता सियालकोटको एउटा कारखानामा म्यानेजरको रूपमा काम गर्थे । गत वर्ष डिसेम्बर तीनमा हिंस्रक भीडले उनलाई ईश्वरनिन्दाको आरोपमा कुटपिट गरी हत्या गरेको थियो ।

Leave A Reply

Your email address will not be published.