सरकार चुनाव सार्ने षड्यन्त्रमा रहेको एमालेको निष्कर्ष

0

काठमाडौं : नेकपा एमालेले सरकारले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको छ । सोमबार राति सम्पन्न एमाले सचिवालय बैठकले सरकार चुनाव सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको हो ।

चुनाव सार्ने षड्यन्त्रलाई निस्तेज पार्ने निर्णय बैठकले गरेको छ । एमालेले कुनै अलमलमा नपरी निर्वाचनको तयारीमा जुट्न जिल्ला, पालिका र वडा कमिटीलाई निर्देशन दिएको छ ।

बैठकले स्थानीय जनप्रतिनिधिका लागि सिफारिस भएकाहरुको नाम प्रतिनिधिसभा, राष्ट्रियसभाको समानुपातिक सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको छ ।

यस्तै बैठकले १२ वटा विभाग गठन, सल्लाहकार परिषदमा एक सय पाँच जना थपेर २ सय ७८ बनाउने र सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गर्ने निर्णय भएको छ ।

साथै पार्टीको केन्द्रीय कार्यालय ९ वैशाखदेखि तुलसीलाल स्मृति भवनमा सार्ने निर्णय पनि भएको छ ।

Leave A Reply

Your email address will not be published.