सत्ता गठबन्धनमा अझै जुटेन सहमति

0

काठमाडौं : सत्तारुढ पाँच दलहरुबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमति जुट्न सकेन । 

गठबन्धनको सोमबार बिहान र साँझ दुई पटक बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । 

सहमतिका लागि नेताहरुले दिनभर कसरत गरे पनि ठोस् निष्कर्षमा भने पुग्न नसकिएको नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए । 

धेरै ठाउँमा सहमति नजिक पुगिसकेकाले मंगलबार बिहान साँढे ११ बजे पुनः बैठक बसेर निष्कर्षमा पुगिने उनले जानकारी दिए ।

सत्तारुढ दलका नेताहरुले आफ्नो हैसियत भन्दा बढी सिट दाबी गरेपछि तालमेलका लागि सकस भएको छ ।

Leave A Reply

Your email address will not be published.