सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, आजै फेरि बस्ने

0

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक सोमबार नै बस्ने गरी स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार गठबन्धनको अर्को बैठक सोमबार नै बालुवाटारमा बस्नेछ ।  

त्यस्तै, उनले सञ्चारमाध्यममा आएको महानगर/उपमहानगरको विभाजनसम्बन्धी प्रस्ताव सही नभएको पनि बताएका छन् । सोमबार बेलुकीसम्म टुंगो लगाउने गरी छलफल भने जारी रहेको उनले उल्लेख गरेका छन् ।

‘बालुवाटारमा जारी गठबन्धन बैठक आजै पुनः बस्ने गरी स्थगन भएको छ । बिहानदेखि केही मिडियामा महानगर/उपमहानगरको विभाजनसम्बन्धी भनेर आएको प्रस्ताव सही होइन,’ मल्लले फेसबुकमा लेखेका छन्, आज बेलुकीसम्म टुंगो लगाउने गरी छलफल चलेको छ ।’ 

Leave A Reply

Your email address will not be published.