मारियोपोलमा युक्रेनले आत्मसमर्पण नगर्ने

0

एजेन्सी : युक्रेनका प्रधानमन्त्री डेनिस स्मीहलले घेराबन्दीमा परेको मारियोपोल शहरमा युक्रेनी फौज रुसी फौजविरुद्ध अन्तिम समयसम्म लड्ने बताएका छन् ।

सो शहरमा बाँकी रहेका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न रुसले चेतावनी दिएपछि उनको प्रतिक्रिया आएको हो ।

रुसले दाबी गरेजस्तो मरियोपोल रुसी फौजको नियन्त्रणमा गइनसकेको उनले बताएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क एबीसीलाई दिएको एउटा अन्तर्वार्तामा युक्रेनी प्रधानमन्त्रीले आइतबारसम्म आत्मसमर्पण गर्न मस्कोले दिएको समयसीमा अस्वीकार गरिएको बताएका हुन् ।

रुसी फौजले मारियोपोलमाथि लगभग नियन्त्रण कायम गरिसकेको जनाएको छ । निरन्तरको गोलाबारीले सो शहर भग्नावशेषमा परिणत भएको छ । बिजुली, पानी, खानेकुरा र औषधिको आपूर्ति समेत रोकिएको छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रको कुनै पनि भूभाग रुसलाई दिने मनशाय नरहेको बताएका छन् ।

पछिल्ला साताहरूमा रुसले आफ्ना आक्रमणहरू पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । पछिल्लोपटक रुसी फौजको आक्रमणमा परी खार्किभमा पाँच जनाको मृत्यु भएको छ । जोलोटो नगरमा अर्का दुईजनाको ज्यान गएको छ ।

ति क्षेत्रमा रुसी फौजले निरन्तर रकेट प्रहार गरिरहेको बताइएको छ । युक्रेनी सेनाले रुसी फौजलाई बन्दरगाह शहर ओडेसातर्फ बढ्नवाट रोकिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.