स्याङ्जामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

0

स्याङ्जा : स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

वालिङ नगरपालिका–१२, सिर्सेकोटबाट वालिङ–१३ तर्फ जाँदै गरेको ग १ ज ७३९९ जिप वालिङ–१२, फिरफिरेमा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।  

दुर्घटनामा परी वालिङ नगरपालिका–१२, डाँडाखर्कका ६५ वर्षीय वीरबहादुर डालामगर, ४० वर्षीया हिराकुमारी डाला, ३५ वर्षीया शर्मिला सारु, उनका सात वर्षीय छोरा गौरव र वालिङ–१४ की ४५ वर्षीया कुलकुमारी कनौचेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

चार जनाको घटनास्थलमै र एक बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि वालिङस्थित ग्रह्रौं प्राथमिक अस्पतालमा ल्याइएको थियो । तीमध्ये गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि पोखरा पठाइएको छ । 

जिप सडकबाट झण्डै एक मिटर तल खसेर चिलाउनेको रुखमा अड्किएको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटनाग्रस्त जिपमा ११ जना सवार रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.