स्थानीयको आक्रमणपछि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य ६ दिनदेखि ठप्प

0

काठमाडौं : सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले आक्रमण गरेपछि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य ठप्प भएको छ । 

पानीको मुहान सुकेको भन्दै स्थानीयले आयोजनाको कार्यालय र कार्यरत जनशक्तिमाथि आक्रमण गरेपछि सुरक्षा अभावमा चैत २८ गतेदेखि नै सुरुङ निर्माणकार्य ठप्प भएको हो । 

स्थानीयले आयोजनाको कार्यालय, काम गरिरहेका जापानी इन्जिनियर र कामदारमाथि साङ्घातिक आक्रमण गरेपछि काम रोकिएको हो । 

स्थानीयले गाडीलगायतका भौतिक संरचनामा समेत हानि पु–याएको आयोजनाले जनाएको छ । राज्यको तर्फबाट सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काम पुनः सुरु हुन नसक्ने आयोजनाले जनाएको छ । 

दैनिक १२ मिटर सुरुङ खन्ने काम हुँदै गरेको सुरुङमार्गमा छ दिनदेखि काम ठप्प छ । सुरुङमार्ग निर्माण ठप्प हुँदा राज्यलाई दैनिक करिब डेढ करोड रुपियाँ घाटा भइरहेको आयोजनाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.